एकीकृत समाजवादीको स्थायी कमिटी बैठक मङ्सिर २६ र २७ का लागि आह्वान

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

२५ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले स्थायी कमिटी बैठक आह्वान गरेको छ ।

पार्टीले यही मङ्सिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक आह्वान गरेको हो ।

देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदल सम्बन्धी निणर्य लिन बैठक बोलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार