एमालेको सचिवालय बैठक बस्दै

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

१० पुष, काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ ।

ललितपुर च्यासल स्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुने बुझिएको छ ।

बैठकले समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार