२०८२ पुष २० आइतबार
एमालेर नेतृ मञ्जु बागलङ–२ बाट एकल सिफारिस
बागलङ–१ बाट तीन जना सिफारिस
कुस्मि सेरा खबर
आइतबार, २० पुष २०८२
बागलुङ। आश्वन्न प्रतिनिधिसभा निर्वाचनकालागि प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. २ बाट नेकपा एमालेका केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसेको नाम सिफारिस भएको छ ।
नेकपा एमाले क्षेत्रीय समन्वय कमिटि, प्रतिनिधि सभा क्षेत्र नं. २ को आइतवार सम्पन्न बैठकले चालिसेको नाम सर्वसम्मत सिफारिस गरेको एमाले जिल्ला उपाध्यक्ष विष्णु भुषालले जानकारी दिए ।
क्षे त्रीय समन्वय कमिटिका संयोजक तथा जिल्ला उपसचिव करमती पुनको अध्यक्षतामा बसेको वैठकले उमेदवारका लागि दावी गरेकाहरुसंगको परामर्श पछि चालिसेको नाम एकल रुपमा सिफारिस गरेको हो ।
चालिसे २०७९ को संसदीय निर्वाचनमापनि एमालेको उमेदवार थिइन । तत्कालिन पाँच दलीय गठबन्धनका उमेदवार देवेन्द्र पौडेलसंग झिनो मतले पराजित चालिसे हालै सम्पन्न एमालेको एघारौ महाधिवेशनबाट गण्डकी भुगोलमा महिलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन ।
नेकपा एमाले क्षेत्रीय समन्वय कमिटि क्षेत्र नं. २ ले शुक्रवार गलकोटमा राखेको उमेदवारहरुका आकांक्षीहरुबीचको छलफलमा विघटित प्रतिनिधिसभामा एमालेका समानुपातिक सांसद रहेका देवी प्रकाश भट्टचन र ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली सहितका १२ जनाले दावी गरेका थिए । भट्टचन र नेपाली सहित प्रदेश कमिटि सदस्यहरु भीम प्रसाद शेरचन (सुनिल), टंक प्रसाद पौडेल र तिलक उप्रेती, पूर्व प्रदेश कमिटि सदस्य याम बहादुर श्रीस, पूर्व जिल्ला उपाध्यक्ष लक्ष्मण पुन, पूर्व प्रदेश कमिटि सदस्य अमरसिंह घर्ति, जिल्ला कमिटि सदस्य युवराज महत, बागलुङ काठमाडौं सम्पर्क मञ्चका दलबिर भण्डारी, गलकोट नगर कमिटिका उपाध्यक्ष इश्वर बोहोराले उमेदवारका लागि दावी गरेका थिए ।
बागलङ–१ बाट तीन जना सिफारिस
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. १ बाट नेकपा एमालेले ३ जनालाई सिफारिस गरेको छ ।
नेकपा एमाले क्षेत्रीय समन्वय कमिटि, प्रतिनिधि सभा क्षेत्र नं. १ को शुक्रवार सम्पन्न बैठकले गठन गरेको कार्यदलले ३ दिन लामो छलफल पछि तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
वैठकबाट खुल्लातर्फ निवर्तमान केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा र जिल्ला अध्यक्ष हिरा बहादुर केसी तथा महिलातर्फ केन्द्रीय सदस्य मन कुमारी केसी जिसीलाई उमेदवार सिफारिस गरेको क्षेत्रीय समन्वय कमिटि प्रतिनिधि सभा क्षेत्र नं. १ का संयोजक तथा जिल्ला उपसचिव धन बहादुर परियारले जानकारी दिए ।
शुक्रवारको वैठकमा ८ जनाले उमेदवारका लागि दावी गरेका थिए । दावी गर्नेहरुका बीच छलफल गरी सकेसम्म एक जना नभए तीन जनाको नाम पठाउनका लागि कार्यदललाई जिम्मेवारी दिइएको थियो ।
उमेदवार बन्नका लागि नेकपा एमालेका केन्द्रीय सदस्यहरु मन कुमारी केसी जिसी र डा.सूर्य पाठक, निवर्तमान केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, जिल्ला अध्यक्ष हिरा बहादुर केसी, पूर्व जिल्ला श्रीप्रसाद शर्मा, प्रदेश कमिटि सदस्य गिता शर्मा र सञ्जय कुमार श्रेष्ठ तथा बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले दावी गरेका थिए ।
