काग्रेस र एमालेलाई प्रमुख चुनौती रास्वपा।

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

बाग्लुङ क्षेत्र १ मा एमाले र काग्रेसलाई प्रमुख चुनौती रास्वपा देखिएको छ बिगतमा एमाले काग्रेस र राजमो ले जित्दै आएको यो क्षेत्र अहिले भने घण्टीमय बन्दै गएको छ।बिगत को बिरासत जोगाउन ३ दललाई धौधौ भएको बेलामा भने रास्वपा ले जित निकाल्ने तयारीमा जुटेको छ। गाउँ घरमा युवा तथा बुढा बुढीमा रास्वपा को आकर्षक देखिन्छ ।बिदेश रहेका छोरा छोरी ले घरमा फोन गरेर रास्वपा भोट गर्नु भनेको स्थानिय आमा ले बताउनु हुन्छ भने। युवा युवतिमा रास्वपा तेसैनै लोकप्रिय छ। युवा युवतिले १ पटक लाई नयाँ दल रास्वपा लाई हेर्ने भन्ने जनलहरले गर्दा क्षेत्र न 1 बाजि मार्ने देखिन्छ अघिल्लो चुनाव मा कुनै संगठन नभएको रास्वपा ले ९ हजार मत लिएको थियो भने एमाले ले १९००० र काग्रेस र राजमो को २१००० मत लिएर रजमो ले जितेको थियो । यसरी हेर्दा अहिले रास्वपाको संगठन गाउँ गाउँ बिस्तार भएको र काग्रेस मा 2 धार भएको र एमालेप्रती देशब्यापी रुपमा जनताको असन्तुष्टि रहेको ले अहिलेको चुन्नाब रास्वपाले जित्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार