काठमाण्डौ – आजु विश्व टेलिभिजन दिवस । राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा यो मनाइन्छ ।

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

कुस्मि सेरा खबर
समाचार
मंसिर ५, २०८२ शुक्रबार १२:५:३
काठमाण्डौ – आजु विश्व टेलिभिजन दिवस । राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा यो मनाइन्छ ।

निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसङ्घको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको हो ।

टेलिभिजन सूचना आदानप्रदान विश्वभरका समुदायलाई जोड्ने, संवेदनशील विषयमा ध्यानाकर्षण गराउने र सार्वजनिक धारणा निर्माणमा सहायता पुर्याउने प्रमुख माध्यम मानिन्छ ।

राष्ट्रसङ्घले सन् १९९६ को नोभेम्बर २१ र २२ मा पहिलो विश्व टेलिभिजन फोरम आयोजना गरेर टेलिभिजनको भूमिका, प्रभाव र अन्तर्राष्ट्रिय सहकार्य कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो ।

त्यसपछि हरेक वर्ष नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार