अरुबेला सुनसान रहने गाउँघर हरु अहिले भने चहलपहल को माहोलले रमाइलो बनिरहेको छ। पेशा व्यबसाय तथा रोजगारिको लागि गाउँ छोडेका युवा युवती हरु तिहार तथा छ्ठको अबसरमा गाउँ फर्केर आफ्नो घर सिगारेर झिलिमिली पारेका छ्न भने गाउँ घरमा मानिसहरुको चहलपहल बाक्लो रहेको छ । अहिले प्रतेक घरमा ७/८ जना मानिसहरु देख्न सकिन्छ भने ।घर गाउमा मानिसहरु जम्मा भएर रमाइरहेका छ्न । युवा युवतीहरु गाउँ मा अर्गानिक खानेकुरा अर्गानिक फलफूल अम्बा सुन्तला अमिलो खादै गाउघरमै रमाइलो गरिरहेको देख्न सकिन्छ । स्थानीय वृद्ध आमा भन्नू हुन्छ अहिले गाउँघर धेरै नै रमाइलो छ सबै गाउमै छन ।अबको १/२ दिनमा सबै गाउँ छोडेर जान्छन अनि सुनसान हुन्छ ।अहिले त के भएको येस्तो गाउँमा कोहि बस्नै मान्दैनन् ।सबै बजार नै जानू पर्ने गाउँ भरी बुढाबुढी मात्र छौ ।हामिलाइ पनि गाउँमा बस्न गाह्रो हुन थाल्यो बिरामी परेमा हस्पिटल लाने मान्छे छैन । येस्तै रहेमा हामी पनि गाउँ छोड्न बाध्य हुनेछौ । बिगत केही बर्ष यता जैमिनी नगरपालिका का बिभिन्न ठाउँहरु कुश्मिसेरा दमेक विनामारे सर्कुवा लगाएत धेरै ठाउँ बाट मानिसहरु बसाइँसराइ तथा वभिन्न पेशा व्यबसायको लागि गाउँ छोड्नेको संख्या हवातै बढेर गएको छ। बसाइँसराइ तथा युवा पलायन रोक्नको लागि स्थानीय सरकार तथा संघिय सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने देखिन्छ
।

।