चुनाब नजिकिदै गर्दा युवा हरुको रोजाइ नयाँ दलतिर ।

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

चुनाब आउदै गर्दा गाउँ घरमा केही चहलपहल सगै चुनवी बहस सुरु भएको छ ।जैमिनी नगर पालिका विभिन्न वडा हरुमा चुनावी बहस सगै युवा हरुमा नयाँ दल प्रती आकर्षण ज्यादै बड्दै गएको देखिन्छ।गाउँ घरमा युवा हरुलाई कुरा गर्दा भोट नयाँदलमा गर्नु पर्ने र १ पटक नयाँ दललाई हेर्नू पर्ने बताउछ्न ।स्थानिय युवा आशुतोष शर्मा ले यो चुनाव स्थानिय मेयर को चुनाव नभयर नीति निर्माण गर्ने र त्यसको कर्यान्वयन गर्ने संसदिय चुनाव भएकोले पुराना दलहरुलाइ पट्क पटक हेरियको र त्यसबाट सुधार को अनुभूति नपाइएको र कार्योन्वन पनि नभएको ले १ पटक नयाँ लाई हेर्नू पर्ने बताउनु हुन्छ।सथै मेरा नजिक का साथि भाइ र आफन्ति हरुलाइ फोन गरेर मत परिवर्तन गर्ने सुझाएको बताउनु हुन्छ। अब चुनाब आउन 22 दिन मात्र बाकी रहेको अबस्थामा मतदाताले मत परिवर्तन गर्छ्न या पुरानो लाई नै जिताउछन त्यो भने हेर्नै बाकी छ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार