छैठौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड जनशिक्षित माविलाई शान्ती मावि दोस्रो

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

आइतवार, मंसिर १४, २०८२

छैठौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड जनशिक्षित माविलाई
शान्ती मावि दोस्रो

, मंसिर १३, २०८२
कुस्मिसेरा खबर – 14 गते ।
जनशिक्षित माध्यामिक विद्यालय अर्जेवाले छैठौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेको छ ।

जैमिनी नगरपालिका–१ कुश्मीसेरामा शनिबार सम्पन्न प्रतियोगितामा जनशिक्षित माध्यामिक विद्यालयले ८ स्वर्ण, ३ रजत र २ कास्य गरि १३ पदक सहित राष्ट्रपति रनिङ शिल्ड जितेको हो जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले जानकाररी दिए ।

दोस्रो सबैभन्दा बढि पदक जित्नेमा शान्ती माध्यामिक विद्यालय कुश्मीसेरा भएको छ ।

शान्ती माध्यामिक विद्यालयले ७ स्वर्ण, २ रजत र ३ कास्य सहित १२ पदक जितेको छ ।

राङखानी माध्यामिक विद्यालयले १ रजत, ५ कास्य पदक सहित तेस्रो भएको छ ।

पाँचौ राष्ट्रपति रनिङ शिल्ड राङखानी मा.विले जितेको थियो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार