जिल्ला प्रशासन महोत्तरीका दुई जना नायब सुब्बा विरुद्ध भ्रष्टाचार मुद्दा

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

२ पुष, महोत्तरी । जिल्ला प्रशासन कार्यालय, महोत्तरीको मुद्दा फाँटमा कार्यरत नायब सुब्बा अशोककुमार यादव र दिनेशप्रसाद साह विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सेवाग्राही सँग घुस लिएको आरोपमा पक्राउ परेका उनीहरू विरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदार (पीडित पक्ष)ले पाउनुपर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राही सँग घुस मागेका आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी गराए ।

आयोगमा आएको सूचना तथा उजुरीका आधारमा बर्दिबासबाट खटिएको आयोगको टोलीले यादवलाई सेवाग्राहीबाट लिएको घुस सहित नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले जानकारी गराए । यादवले सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको थिए ।
आयोगको अनुसन्धानका क्रममा यादव र साहको आपसी मिलोमतोमा घुस लिएको पुष्टि भएको हो ।

उनीहरू दुवै जना विरुद्ध २० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी आयोगले गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार