जैमिनीमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

बिहिबार, मंसिर ११, २०८२

जैमिनीमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कुस्मि सेरा खबर – बिहिबार, मंसिर ११, २ मंसिर ११ गते ।
जैमिनी नगरपालिका स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबारदेखि सुरु गरिएको छ ।

जैमिनी नगर कार्यपालिकाको आयोजना, नगर खेलकुद विकास समितिको संयोजन र सहारा क्लव कुश्मीसेराको व्यवस्थापनमा कार्यक्रम सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नर बहादुर पुनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले खेल प्रतिभा प्रस्फुटनकोलागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उपप्रमुख हरिहर शर्माले खेलकुदले जैमिनीको पर्यटन प्रबर्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘यो विद्यार्थीको प्रतिभा पहिचान, प्रस्फुटन र प्रोत्साहन गर्ने महत्वपूर्ण अवसर हो ।’ उनले भने–‘यसले खेलकुदको विकाससँगै पर्यटनको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ ।’

पहिलो दिन भएको ८०० मिटर छात्र दौड प्रतियोगितामा जनशिक्षित मा.विका सन्तोष नेपालीले स्वर्ण पदक जितेका छन् । जनता मा.वि पैयुँका प्रेम नेपालीले रजत र जनता मा.वि सर्कुवाका प्रज्वल थापाले काश्य जितेको जैमिनी नगरपालिका खेलकुद संयोजक ओमकार थापाले बताए ।

८०० मिटर छात्रा दौड प्रतियोगितामा राङखानी मा.विका अस्मीता घर्ति मगरले स्वर्ण जितेकी छिन् । जनता मा.वि पैयुँका मुस्कान नेपालीले रजत र सर्वोदयजनक मा.विका कविता शर्माले काश्य जितेकी छिन् ।

१०० मिटर दौड छात्रमा जनप्रिय मा.वि दमेकका मनिस सुनारले स्वर्ण जितेका छन् । शान्ती मा.वि कुश्मीसेराका दिपसन क्षेत्रीले रजत र हिमालयन आवासीय मा.वि कुश्मीसेराका सन्देश थापाले काश्य पदक जितेका छन् ।

१००मिटर छात्रा दौड प्रतियोगितामा सर्वोदय जनक मा.वि बिनामारेका नेहा क्षेत्रीले स्वर्ण जितेकी छिन् ।

बिजुवा मा.वि पैयुँका शर्मिला खत्रीले रजत पदक र हिमालाय आवासयी मा.विका सलिना शाहीले काश्य जितेकी छिन् ।

पहिलो दिन छात्रा भलिबल र कबड्डी प्रतियोगिता सुरु गरिएको छ ।

प्रतियोगितामा पालिका भित्रका १९ वटा माध्यामिक विद्यालयका २०० भन्दा धेरै विद्यार्थीले भाग लिएको जैमिनी नगर खेलकुद प्रशिक्षक मिलन थापाले बताए ।

प्रतियोगिता यहि मंसिर १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सुरु गर्नु अघि निकालिएको र्यालीले कुश्मीसेरा बजार परिक्रमा गरेको थियो । कार्यक्रम सन्चालन मिरा ढकाल ले गर्नु भयकाे थियो

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार