जैमिनी घाटमा भारतीय गाडी दुर्घटना हुँदा २ जना घाइते

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

बिहिबार, पुस ३, २०८२

जैमिनी घाटमा भारतीय गाडी दुर्घटना हुँदा २ जना घाइते
बिहिबार, पुस ३, २०८२ कुस्मी सेरा खबर ३ गते ।
बागलुङको जैमिनी नगरपालिका–१ ज्यामिरघाट (जैमिनी घाट) स्थित कालीगण्डकी करिडोरमा भारतीय नम्बरको सवारी साधन दुर्घना हुँदा २ जना घाइते भएका छन् ।

बिहिबार साँझ करिब ५ बजेको समयमा मुक्तिनाथ दर्शन गरि बुटवल तर्फ जाँदै गरेको यूपी ३५ यू ५२२० नम्बरको मारुती सुजुकी कार दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा भारत उत्तर प्रदेश आजगढ घर भएका ३० बर्षीय सैयद अर्सी र सोही ठाउँका २४ बर्षीया समैया खान घाइते भएका छन् । अर्सीको टाउकोमा चोट लागेको छ भने खानको खुट्टामा चोट लागेको छ ।
उनीहरुको उपचारकोलागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

कारको ब्रेकमा समस्या आएपछि सडकको बायाँ साइडको पर्खालमा ठोक्किएको थियो । कारमा ६ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अन्य व्यक्तिलाई कुनैपनि चोटपटक नलागेको बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार