दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक युवक मृत्यु

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

२ पुष, दाङ । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका-२ लालमटिया कटेशनाला नजिक बा ४ ख २२६१ नम्बरको ट्रकले रा८प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्क्र दिएको प्रहरीले जनाएको छ ।

गएराति ट्रकको ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ बसन्तपुरका १८ वर्षीय सोनु गुरूङको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार