धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शर्माद्वारा पदभार ग्रहण पूर्वाग्रह नराखी काम गर्न आग्रह

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शर्माद्वारा पदभार ग्रहण
पूर्वाग्रह नराखी काम गर्न आग्रह

कुस्मि सेरा खबर = सोमवार, पुस ७, २०८२, पुष ७ गते ।
समाचार
धौलागिरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमका बीच शर्माले गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक मार्फत पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पाठकले नयाँ व्यवस्थापन समितिले अस्पतालको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे । उनले अस्पताल विकासकोलागि आफुले निरन्तर काम गरेको बताउँदै नेतृत्वले गर्ने महत्वपूर्ण निर्णयलाई कर्मचारीले सहयोग गर्नुपर्ने बताए ।

उनले अस्पताल भित्र गुट र उपगुट निर्माण गरि अस्पताल व्यवस्थापन समितिलाई असफल बनाउन लागे कार्वाही गरिने चेतावनी दिए ।

उनले जेनजी आन्दोलनको कारण अस्पतालमा नर्सिङ पढाउने विषय रोकिएको समेत बताए ।

‘यहाँ निर्सिङ पढाउने कुरा अन्तिम तयारीमा थियो, यो जेनजी आन्दोलनका कारण प्रभावित बनेको छ ।’ उनले भने–‘अब छिट्टै सुरु हुनेछ ।’

उनले अस्पतालमा एसईई पछिको तीन वर्षे नर्सिङ पढाई हुने बताएका थिए । गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पतालमा चालु आर्थिक वर्षदेखि गर्भवती, सुत्केरी र शिशुको स्याहारसम्बन्धी तीन वर्षे (मिडवाईफ) नर्सिङ कोर्षको पढाई हुनेगरी बजेट विनियोजन गरेको थियो ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले अस्पतालमा धेरै काम गर्नु पर्ने बताए । उनले अस्पताल सुधारकोलागि व्यवस्थापन समिति, अस्पताल कर्मचारी र आम नागरिक बीच समन्वय गरि अघि बढ्नु पर्ने बताए ।

पदस्थापन कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष श्रीप्रसाद शर्माले आफुले कुनैपनि पूर्वाग्रह नराखी अस्पतालको विकासकोलागि काम गर्ने बताए ।

‘अस्पतालको विकासकोलागि मैले इमानदारिका साथ कुनै आग्रह नराखी काम गर्छु ।’ उनले भने–‘मलाईपनि तपाईहरुले कुनै आग्रह नराख्नु होला ।’

उनले अस्पतालबाट धेरै सेवा प्रवाह गरिएपनि आम मानिसमा नकरात्मक धारणा रहेको बताउँदै त्यसलाई चिर्न समाज र मीडियाकर्मीसँग समन्वय गरि काम गर्ने बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्ण केसी, नेपाल रेडक्रस शोसाइटी बागलुङका अध्यक्ष जगनाथ आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।

धौलागिरी अस्तापलका मेडिकल सुपरिटेण्डेन्ड किरण तिवारीले अस्पतालको सेवा प्रवाह र अवस्था बारे जानकारी गराएका थिए । उनले अस्पतालले १३५ बेड सञ्चालनमा ल्याएको बताए ।

अस्पतालमा १४ जना विशेषज्ञ डाक्नर सहित २०४ जना कर्मचारी कार्यरत रहेको बताए ।

कन्सल्टेन्ट डा. शंकरराज लामिछानेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन

मेडिकल रेकर्डर नवराज पौडेलले गरेका थियो

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार