परराष्ट्रमन्त्री देउवा आज चीन जाँदै

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

१३ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि सुरु गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा आजै चीन जान लागेकी हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशक समेत रहेका वाङ यीको निमन्त्रणमा मन्त्री राणाले आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन् ।

भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार