पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप ल्याइयो

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

४ पुष, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ ।

ग्लोबल एलायन्स (गाभी)को सहयोगमा चार लाख ६० हजार नौ सय ४० खोप आएको हो ।

ती खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी गराए ।

सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्न थालेको छ ।

बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार पन्ध्रदिने अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाइने छ ।

गाभीले नेपाललाई १७ लाख ७० हजार मात्र खोप उपलब्ध गराउने बुझिएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार