प्रधानमन्त्री कार्कीले बोलाइन सातै प्रदेशका मुख्यमन्त्रीको

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

Skip to content

समाचार

कुस्मिसरा खबर

काठमाडौं, कार्तिक १५ । प्रधानमन्त्री सुशीला कार्कीले भोली आइतबार बस्ने गरि सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छिन् । बैठक दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार