बहुपयोगी १८ तले भवन प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

२३ मंसिर, दमक । दमक नगरपालिका-३ दापगाछीमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ ।

एक अर्ब ४५ करोडको लागतमा निर्माण भएको भवनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन ।

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

व्यापारिक प्रयोजनका निम्ति उपयुक्त रहेको बताइएको भवन भवन आज प्रधानमन्त्रीले उद्धाटन गर्ने कार्यक्रम रहेको छ । पाँच वर्षअघि प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार