बागलुङ महोत्सव एक दिन थपियो कुस्मि सेरा खबर २०८२ पुष २१, सोमबार

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

बागलुङ महोत्सव एक दिन थपियो
कुस्मि सेरा खबर

२०८२ पुष २१, सोमबार

समाचार
बागलुङ । बागलुङमा जारी आठौं बागलुङ महोत्सव एक दिन थप भएको थियो । महोत्सव सफल हुँदै गएपछि महोत्सवलाई एक दिन सारेर पुसको २२ गते सम्म पु¥याइएको छ ।
यही पुस ११ गतेदेखि सुरु भएको महोत्सव मंगलबारसम्म चल्नेभएको बागलुङ उद्योग वाणिज्यसंघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिनुभयो । महोत्सव एक दिन थपिएपछि प्रकाश दुदराजदेखि रचना रिमाल सम्मका कलाकारहरु समेत आउने भएका छन् ।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले समापन कार्यक्रम सहित केही साङ्गीतिक कार्यक्रम २२ गते गर्ने जानकारी दिनुभयो । भलिबल, लोकदोहोरीलगायत प्रतियोगिताको फाइनल प्रतिस्पर्धा भने सोमबार नै सकिएका छन् । महोत्सवमा दर्शकको चाप र व्यापारिक स्टलहरुको माग अनुसार महोत्सवको समय एक दिन थप गरिएको आयोजकले प्रेस विज्ञप्ती जारी गरी जनाएको छ ।

महोत्सवमा खुला प्रदेशस्तरीय पुरूष तथा महिला भलिबल, खुला राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, पञचेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भोले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, नविनतम व्यावसायिक योजना कार्यक्रम, घैंटौफोर, तारो हान्नेलगायत विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।

महोत्सवमा सांस्कृतिक झाँकी, स्थानीय खाना प्रवद्र्धन, सुन्तला, हस्तकला, कृषि तथा पशु, औद्योगिक उत्पादन, स्थानीय जटिबुटी, सूचना प्रविधि आदिको प्रदर्शनी तथा बिक्रीकक्ष रहका छन् ।
मेलामा १० लाख दर्शक र १० करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सवको प्रतिटिकटबाट रू. दस मानवसेवा आश्रम बागलुङलाई सहयोग गरिने भएको छ । टिकटबाट उठेको रकमबाट नेपाल पत्रकार महासंघ, बागलुङको संस्थागत विकास र जिल्लाको खेलकुद विकासमा सहयोग गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार