बागलुङ “१ चुनावी रौनक : पुरानालाई विरासत र नयाँलाई सेलिब्रेटीको आश

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

बागलुङ–१ चुनावी रौनक : पुरानालाई विरासत र नयाँलाई सेलिब्रेटीको आश
कुस्मि सेरा खबर
२०८२ माघ २५, आईतवार

चुनाव आउन करिव एक महिना बाँकी छ । तर दलहरुलाई चुनावले छपक्कै छोएको छ । तीन साता पहिले उम्मेदवारी दर्ता गराएका राजनीतिक दलका नेता कार्यकर्ता यतिबेला चुनावी माहोल तताउदै मतदाताको घर–घरमा पुगेका छन् । विगतका कामको बिरासत सम्झाउने, पार्टीका तर्फबाट गरेका कामका बारेमा स्मरण गराउने लगायत मतदातालाई रिझाउन उम्मेदवारदेखि नेता कार्यकर्ताको दौडधुप छ ।

विगतमा स्थानीय तह, प्रदेश र संघीय संसदमा विभिन्न जिम्मेवारी लिएका राजनीतिक दलहरु (नयाँ भाष्य अनुसार पुराना दलहरु) आफ्नो विगत स्मरण गराउदै चुनावमा मत माग्दै गर्दा नयाँ शक्तिका रुपमा उदायका दलहरु भने सेलिब्रेटीको साखसंगै चुनावी मैदानमा छन् । चर्चित कलाकार, मोडलहरुलाई चुनाव प्रचारमा सहभागी गराएर नयाँ शक्तिले मतदाता तान्ने प्रयास गरिरहेका छन् । पूर्वी बागलुङ (क्षेत्र नं. १) मा प्रमुख ४ दलका उम्मेदवारहरु प्रतिस्पर्धामा रहेको दावी गर्दै आएका छन् । नेकपा एमालेका हिरा बहादुर केसी, नेपाली कांग्रेसका भीम श्रीस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार कृष्ण अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सुशिल खड्काले आफुहरु जितको नजिक रहेको दावी गर्ने गरेका छन् । चुनावमा सबै उम्मेदवारले जित्छु भन्नुलाई अन्यथा मानिदैन, जित्नकै लागि उम्मेदवार हुने हो, तर जित्नका लागि संगठन, एजेण्डा, माहोल लगायत धेरै कुराले प्रभाव पार्ने गर्दछ ।पूर्वी बागलुङका चार उम्मेदवार मध्ये तीन जनाले संगठनसंगै पुरानो विरासतलाई पनि चुनाव जित्ने महत्वपूर्ण आधारका रुपमा अथ्र्याउने गरेका छन् । तर नयाँ शक्ति रास्वापाका उम्मेदवारलाई विरासत देखाउने अवसर बागलुङमा छैन, नयाँले विरासतको सट्टा सेलिब्रेटीलाई मैदान उतारेका छन् । रास्वापाले अमेरिकाबाट अध्ययन सकेर आएका युवा सुशिल खड्कालाई प्रत्यक्षको उम्मेदवार बनाएको छ । समानुपातिकमा चर्चित कलाकार प्रकाश सपुतलाई अगाडि बढाएको छ । रास्वापाले समानुपातिक उम्मेदवारहरु नायिका रिमा विश्वकर्मा र पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ लगायतलाई बागलुङमा चुनावी अभियानमा सहभागी गराइसकेको छ ।प्रकाश सपुत आफैमा जनताका बीचमा लोकप्रिय कलाकार हुन र उनी नै समानुपातिक उम्मेवार बनेको अवस्थामा थप सेलिब्रेटीहरुलाई प्रचारमा ल्याउदा रास्वापाको यसपटकको चुनावी अभियान नै सेलिब्रेटी विशेष जस्तो बनेको छ । पूर्वी बागलुङका पुराना दलका उम्मेदवारहरुलाई चुनावी एजेण्डा, व्यक्तिगत प्रभावसंगै पुरानो विरासत पनि उपलब्ध छ । पुराना पार्टीहरुका तर्फबाट संघीय संसद, प्रदेश र स्थानीय तहका विभिन्न जिम्मेवारीमा रहेका र रही सकेकाहरुको सक्रियता र विरासतलाई पनि तीन पार्टीले चुनावी प्रचारको आधार बनाएका छन् । विगतमा राज्यका विभिन्न निकायको जिम्मेवारीमा रहदा गरेका विकास निर्माणका काम लगायतका विषयलाई पनि उनीहरुले चुनावी अभियानमा चर्चा गर्ने गरेका छन् । चार दलका तीन उम्मेदवार जिताउन लागेका जनप्रतिनिधि र पूर्व जनप्रतिनिधिको अवस्था कस्तो छ त ?

१। नेकपा एमाले

नेकपा एमालेका उम्मेदवार हिरा बहादुर केसीलाई बहालवाला मन्त्रीका रुपमा गण्डकी प्रदेशकास्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठक चुनावी अभियानका सहयोगी छन् । मन्त्रीको प्रभाव राजनीतिमा अवस्य नै हुन्छ, मन्त्रीले प्रत्यक्ष रुपमा चुनावमा प्रचार गर्न नपाए पनि आफुले गरेका, गर्न सक्ने कामका बारेमा मतदातालाई प्रभाव पार्ने काम भइ नै हाल्छ । गण्डकी प्रदेशका मन्त्री पाठकले स्वास्थ्य क्षेत्रमा धेरै नै उपलब्धीपूर्ण काम गरेको दावी गर्दै आएका छन् । यदी उनले भनेकै जस्तो काम भएको छ भने त्यसको प्रभाव अवस्य पनि एमाले उम्मेदवार हिरा केसीलाई पर्नेछ । केसीलाई एमालेका सादगी नेता पूर्व सांसद स्वर्गीय गोविन्द अधिकारीको लिगेसी र परिवारको साथ छ, त्यस्तै निश्कलंक नेताको छवि बनाएका बागलुङ नगरपालिकाका संस्थापक नगर प्रमुख ऋषिराम शर्माको परिवार पनि यतिबेला केसीको चुनावी अभियानको सारथी बनेको छ । शर्मा पत्नी गिता शर्मा प्रदेश कमिटि सदस्य छिन्, उनी चुनावी अभियानमा निरन्तर खटिएकी छिन् ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार