बैजनाथमा १२९० जनाको आँखा जाँच

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

१८ मंसिर, बाँके । बाँकेको बैजनाथ गाँउपालिकामा मंसिर २ गते देखि सञ्चालन भएको निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
बैजनाथ गाँउपालिका वडा नं. २, ३, ४, ५, ६, ७ र ८ मा सञ्चालन भएको शिविर सोमबार सम्पन्न भएको हो ।

भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र बैजनाथ गाँउपालिकाको सहकार्यमा सञ्चालन भएको शिविरको यस अवधिमा एक हजार दुई सय ९० जनाको आँखा जाँच भएको हो ।

कार्यक्रम संयोजक वृजेश कुमार मिश्र अनुसार पाँच सय ३६ जना पुरुष र सात सय ५४ जना महिलाको निःशुल्क आँखा जाँच गरिएको हो ।
यस मध्ये दुई सय ६५ जनाको मोतियाबिन्दको समस्या रहेको छ । जसमध्ये एक सय १५ जना पुरुष र एक सय ५० जना महिला रहेका छन ।

सामान्य समस्या भएकालाई निःशुल्क औषधि उपलब्ध गराएको किभा फाउन्डेसनका अध्यक्ष संगिता पाठकले जानकारी गराइन ।

यस्तै, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गरिएको छ । चश्मा आवश्यक पर्नेलाई सहुलियत मुल्यमा उपलब्ध गराउने र अप्रेशन गर्नुपर्ने भएमा ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी गराए ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार