भाउ २ हजार ७ सय रुपैयाँले बढ्यो

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

समाचार

अर्थ
सुनको
काठमाण्डाै – आज सुनको भाउ बढेको छ । आज सुन दुई हजार सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रावार सुन तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी २० रुपैयाँले घटेर तोलाको दुई हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ दुई हजार नौ सय ८० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार