रौतहट स्कार्पियो दुर्घटना ८ जनाको घटनास्थलमै मृत्यु, ४ जना घाइते

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

ललन कुमार चौरसिया
२५ मंसिर, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा जीप दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ । एसियाकै ठूलो मेला बारा जिल्लाको बरियारपुरमा पञ्चवर्षीय मेलाबाट घर सिरहा फर्किन क्रममा जीप दुर्घटनामा परेको हो ।

भक्तालुजन सवार बा १६च ३१६२ नम्बरको स्कर्पियो जीप चन्द्रनिगाहपुर-४ स्थित पूर्वपश्चिम राजमार्ग लामहा खण्डको रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

गाडीमा सवार आठ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

जीपमा सवार मृतक मध्ये केहीको सनाखत भई सकेको छ भन्ने केहीलाई सनाखत गर्न बाँकी रहेको छ ।

सबै मृतक र गाडी सिरहाको रहेको र उनीहरूका आफन्तहरू आएपछि उनीहरूको पहिचान खुल्ने प्रहरीको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार