सिगानामा जीप दुर्घटनामा ८ घाइते, दुई जना गम्भिर

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

सिगानामा जीप दुर्घटनामा ८ घाइते, दुई जना गम्भिर:
बरेङबाट बागलुङ तर्फ आउदै गरेको पिक अप जीप बागलुङ नगरपालिका–८ सिगानामा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भिर रहेको छ ।
बरेङदेखि बागलुङ बजार तर्फ आउदै गरेको ग ३ च४८३४ नम्बरको जीप सडकबादुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।

गम्भिर घाइतेहुनेमा चालक सुसान्त जिसी र यात्री प्रशान्त खड्का रहेका छन् । यस्तै अन्य घाइतेहरुमा सावित्रि भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निसा भण्डारी, चन्द्र भण्डारी र झुमा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारका लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको छ ।
स्रोत :आदर्श सञ्चार

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार