कुस्मि सेरा खबर
पर्बत; संवाददाता
१९ कार्तिक, पर्वत । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले प्रदेश सरकारले बजटेलाई मितव्ययी बनाएपनि अत्यावश्यक सेवामा बजेट कम नहुने बताएका छन् । उनले औषधि उपचार, स्वास्थ्य उपकरणलगायतको विषयमा भने कटौती नगर्ने बताए ।
प्रदेश स्वास्थ्य कार्यालय बागलुङले मंगलबार आयोजना गरेको वार्षिक समीक्षा तथा चालु वर्षको खर्च सावजनिक कार्यक्रममा बोल्दै मन्त्री पाठकले अत्यावस्यक सेवा सबैको प्राथमिकतामा पर्नुपर्ने बताए । ‘स्वास्थ्य सेवाबारे हरेक नागरिकले जानकारी पाउनुपर्छ,’ उनले भने, ‘सरकारले जनताको हितको काम गर्न बजेट अभाव हुन दिंदैन ।’ देशको समस्याको बाबजुत जनताको काममा राज्यको लगानी सुरक्षित हुनुपर्ने उनले बताए ।
अर्को प्रसंगमा उनले देशको अहिलेको परिस्थिति आउनुमा राजनीतिक दलको पनि जिम्मेवारी रहेको भन्दै सुशासन दिनका लागि राजनीतिक दल, कर्मचारी संयन्त्र पनि सचेत बन्नुपर्ने बताए । उनले अबका दिनमा नागरिकले सुशासनको अनुभव गर्ने गरी काम गर्ने बेला आएको पनि बताए ।
चालु वर्षका लागि स्वास्थ्य कार्यालयको बजेट ६ करोड ३५ लाख ५७ हजार रहेको कार्यालय प्रमुख घनश्याम सापकोटाले बताए । उक्त बजेटबाट अत्यावस्यक सेवालाई प्राथमिकता दिएर काम गर्ने उनले बताए । विशेषगरी स्वास्थ्य कार्यालयले खोपको सुरक्षा, बितरण र भण्डारन, सुरक्षित मातृत्व, एम्बुलेन्स सेवा, सबै पालिकाको स्वास्थ्य शाखा, अस्पताल र स्वास्थ्य चौकीका प्रमुखसहित सबैलाई तालिम दिने काम गर्छ । त्यसबाहेक माृतशिशु स्वास्थ्य, गर्भपतन सेवा, औषधीको उपलब्धता लगायतको अनुगमन पनि गर्ने गरेको छ ।
नियमित तालिममार्फत हरेक नयाँ कार्यक्रम लागू हुने भएकोेले हरेक काम मानव स्वास्थ्यसँग जोडिएको जनस्वास्थ्य अधिकृत समिता घिमिरेले बताइन् । उनले बागलुङको वर्तमान स्वास्थ्यको अवस्थाबारे प्रष्ट पारिन् । बाल भिटा अनुगमन, आइरन चक्कीको अबस्था, कुपोषणको अवस्था सुधारमा कार्यालयले गरेको काम र सफलताको अवस्थासहित एकीकृत बालरोग व्यवस्थापन, घरभित्रको प्रदुषण नियन्त्रणका लागि स्वास्थ्य शिक्षा, झाडापखाला नियन्त्रण, स्वच्छ पानीको व्यवस्थापनमा काम गर्दै आएको जानकारी गराइन् । पछिल्लो समय गर्भपतन बढेको र त्यो पनि किशोरकिशोरी उमेरमा बढेकोले त्यसको प्रभावबारे अध्ययन गर्न जरुरी भएको पनि उनले बताइन् । साथै, बालमैत्रप् अभियानलाई यो अवस्था चुनौतीको भएकोले त्यसबारे समेत गम्भिर छलफल गर्नुपर्ने उनले बताइन् ।
समीक्षामा दशवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुले आफ्नो पालिकाको वार्षिक उपलब्धी सुनाएका थिए भने चालु वर्षको कार्ययोजनाबारे जानकारी गराए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङसहितका वक्ताले मन्तव्य व्यक्त
