समाचार
काठमाडौं, कार्तिक १५ । नेकपा एमालेले पार्टीको ११ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।
शनिबार पार्टी अध्यक्ष केपी ओली निवास गुण्डुमा बसेको एमाले सचिवालय बैठकले पार्टीको एघारौं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने भनिएकोमा अव महाधिवेशनको स्थल परिवर्तन गर्दै काठमाडौंमा सोहि मितिमा नै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले महाधिवेशनका लागि चूनिने प्रतिनिधिहरुको चयन प्रक्रिया निर्धारण गरेको छ । जस अनुसार ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्यहरुबाट बिभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने उहाले बताउनुभयो । उहाले आगामी मंसिर १३ गते शनिबार देशभर एकै पटक महाधिवेशन प्रतिनिधि चयन गर्ने जानकारी दिनुभयो ।
उहाले संघीय निर्वाचन क्षेत्रलाई आधार मानेर १२ सय पार्टी सदस्य बराबर १ जना महाधिवेशन प्रतिनिधि चयन हुने उहाले बताउनुभयो । बैठकले बिभिन्न उद्योगमा देखिएको विधुत वक्यौता विवाद समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि कुस्मि सेरा खबर
