उम्मेदवार श्रीसका ‘३७ वडा ३७ प्रतिबद्धता’ सार्वजनिक कुस्मि सेरा खबर

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

उम्मेदवार श्रीसका ‘३७ वडा ३७ प्रतिबद्धता’ सार्वजनिक
कुस्मि सेरा खबर

बागलुङ । नेपाली कांग्रेसबाट बागलुङ क्षेत्र नम्बर एकका उम्मेदवार रहनुभएका भीम श्रीसले ३७ वडाका ३७ सम्पदा सहित ३७ वटानै प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । प्रतिनिधि सभा निर्वाचनमा होमिनुभएका श्रीसले विकासलाई नीतिगत सुधारमार्फत अगाढी बढाउने प्रतिबद्धता जनाउनुभएको छ । मंगलबार बागलुङ बजारको बाघचोकमा आयोजित प्रतिज्ञा सार्वजनिक समारोहमा श्रीसले ३७ बुँदे शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि जस्ता मुख्य विषय समेटिएको प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

श्रीसले डिजिटल सेवा र रोजगारीलाई प्राथमिकतामा राख्दै नीतगत सुधारमा आफ्नो योगदान हुने बताउनुभयो । बागलुङ क्षेत्र नम्बर एकमा रहेको ३७ वडालाई संकेत गर्दै ३७ बुँदे प्रतिबद्धता पत्रमा आधुनिक प्रविधिदेखि कला र परम्परालाई समेट्ने प्रयास गर्नुभएको छ । श्रीसले सार्वजनिक गर्नुभएको प्रतिबद्धतामा डिजिटल प्रविधिको उपयोग बढाउँदै सरकारी सेवा प्रणालीलाई पारदर्शी, छिटो र प्रभावकारी बनाउने, डिजिटल सेवा विस्तार गर्ने तथा युवालाई सूचना प्रविधि र उद्यमशीलतामा प्रोत्साहन गर्ने योजना रहेको बताउनभएको छ ।

“बाँदर नियन्त्रण र अलपत्र गौरवका योजनाहरु सक्नमा संसदमा आवाज उठाउछु” श्रीसले भन्नुभयो “बलेबा विमानस्थलमा बैकल्पिक पर्यटनको काम गर्ने र मध्यपहाडी लोकमार्गलाई टुङ्गोमा पु¥याउन पहल गर्छु, सार्वजनिक खरिद ऐन र शिक्षा ऐन ल्याउन पहल गर्छु ।”

श्रैसले विद्यमान वनलाई उत्पादनशील वलमा रुपान्तरण र सामुदायिक वन र बाँझो जमिनलाई आयकूलक वजमा रुपान्तरण गर्न बाँदर प्रतिकूल टिमुर, ओखर, अम्रिसो लगायतका वनस्पतिको विस्तारमा सहयोग बाँदर प्रतिकूल खेती, माहुरीपालन पकेट क्षेत्र, बाखापालल पकेट क्षेत्र तथा टिमुर पकेट क्षेत्रको विकास गर्ने र यसका लागि आवश्यक नीतिगत र कानुनी सुधार गर्न पहल गर्ने बताउनुभयो । प्राकृतिक श्रोत तथा वातावरण संरक्षण सँगै खानी तथा खनिज उत्खनन् तथा कालीगण्डकीसंरक्षण अभियानमा सघाउने श्रीसले जनाउनुभयो ।

उहाँले बागलुङ नगरपालिका–१ मा रहेको खेलमैदानलाई कालिका रंगशालाको रुपमा विकास गर्ने योजना रहेको सुनाउनुभयो । उम्मेदवार श्रीसले आफ्नो प्रतिबद्धता जनताको आवश्यकता र स्थानीय सम्भावनालाई केन्द्रमा राखेर तयार गरिएको बताउँदै समृद्ध, सुरक्षित र अवसरयुक्त बागलुङ निर्माणका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । उहाँले जनताको विश्वास जितेर विकास, सुशासन र समृद्धिको लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै, युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, सीप विकास तालिम सञ्चालन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाइएको छ । वातावरण संरक्षण, सांस्कृतिक सम्पदाको संरक्षण, खेलकुद पूर्वाधार निर्माण तथा सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषय पनि प्रतिबद्धतामा समेटिएका छन् ।

गुणस्तरीय र व्यवहारिक शिक्षा प्रणालीको विकास गर्दै विद्यालयमा प्रविधिमैत्री शिक्षण पद्धति लागू गर्ने, प्राविधिक शिक्षालाई प्रोत्साहन गर्ने तथा शिक्षकको क्षमता अभिवृद्धिमा विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । साथै, स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवा विस्तार, स्थानीय स्वास्थ्य संस्थाको सुदृढीकरण र सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ ।

पूर्वाधार विकासतर्फ ग्रामीण सडक स्तरोन्नति, सुरक्षित खानेपानी, आधुनिक पुल निर्माण तथा विद्युतीकरण विस्तार, कृषि क्षेत्रमा किसानलाई सहुलियतपूर्ण कर्जा, उत्पादनमा आधारित अनुदान, कृषि उत्पादनको बजारीकरणमा सहयोग, धार्मिक तथा सांस्कृतिक पर्यटनको विकास, स्थानीय रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने गरी काम गर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार सुवास गौतम, अर्जुन कार्की लगायतले प्रश्न राखेका थिए । कार्यक्रममा प्रतिबद्धता पत्रको विषयमा नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा बागलुङ क्षेत्र नम्बर १ का सभापति चण्डी प्रसाद शर्माको अध्यक्षता तथा जयराम भारीको सञ्चालनमा सम्पन्न भएको थियो

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार