बारबर्दिया नगरपालिका-२ बालविवाहमुक्त वडा घोषणा

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

२३ मंसिर, बारबर्दिया । बर्दियामा सञ्चालन संचालन भएको बालविवाह विरुद्धको अभियान अन्तर्गत बारबर्दिया नगरपालिका वडा नं २ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल, भेरि वातावरणीय बिशिष्टता समुह (बि ग्रुप) बाँके र राधा कृष्ण थारु जनसेवा केन्द्र बर्दियाको अथक प्रयास र संयुक्त सहकार्यबाट शनिबार औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

यो उपलब्धि सम्भव भएको वडा नम्बर २ का अध्यक्ष रामफेन थारुले बताउनुभयो । बारबर्दिया नगरपालिका वडा नं २ का वडा अध्यक्ष रामफेन थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमल्सेनाले बर्दियालाई बालविवाहमुक्त जिल्ला बनाउन सबैले लाग्नु पर्ने बताउनुभयो ।

उहाँले यसका लागि लुम्बिनी प्रदेशले बिभिन्न खालका कार्ययोजना बनाएको बताउँदै बिद्यालयको गुणस्तरीय शिक्षामार्फत मात्र सम्भव हुने बताउनुभयो । यस अभियानमा हातेमालो गर्ने प्लान इन्टरनेशनल नेपाल तथा यसका साझेदार संस्थालाई मन्त्री तिमल्सेनाले धन्यवाद पनि दिनुभयो ।

यस्तै बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्ना कुमारी पाण्डे, प्लान नेपालकी क्षेत्रीय प्रबन्धक मिना पराजुली, बि ग्रुप बाँकेका कार्यकारी निर्देशक डम्मर सुनारलगायतले पनि बारबर्दियालाई बालविवाहमुक्त घोषणा गर्ने अभियानलाई प्रभावकारीरुपमा संचालन गरिएको बताउनुभयो ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका सम्पुणर् जनप्रतिनिधि, स्थानीय अगुवा, राजनीतिक दलका प्रतिनिधि, धार्मिक तथा सामाजिक अगुवा, पत्रकार, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

करिब ८०० सय बढी सर्वसाधारण सहभागि सो कार्यक्रमको विशेष आकर्षण मोडल दिपा भण्डारीको लाइभ प्रस्तुति रहेको थियो । जसमा उहाँको नृत्यले दर्शकहरुलाई रोमाञ्चित बनाएको थियो । सहभागिहरुले अन्य विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आनन्द लिएका थिए ।

बारबर्दिया नगरपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिकक शाखाकी महिला विकास निरीक्षक लक्ष्मी पौडेल र प्लान नेपालकी क्षेत्रीय प्रबन्धक पराजुलीले बालविवाहमुक्त घोषणाका लागि गरिएको सामूहिक प्रयासका बारेमा बिस्तृत रुपमा जानकारी प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा यस अभियानमा सक्रिय सहभागिता जनाउनेलाई सम्मान गर्नुका साथै सो ऐतिहासिक घोषणाले बारबर्दिया नगरपालिकाको बालबालिकाको उज्ज्वल र सुरक्षित भविष्यप्रतिको सामूहिक दृष्टिकोण र प्रतिबद्धता प्रष्ट गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार