एनपीएलमा आज दुई खेलः पहिलो खेलमा कर्णाली सँग भिड्दै लुम्बिनी

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

२८ मंसिर, काठमाडौँ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल लुम्बिनी लायन्स र  कर्णाली एक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोज बीच हुनेछ ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले अन्तिम खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली सँग प्रतिस्पर्धा गर्न लागेको हो । प्लेअफ दौडमै रहेको कर्णालीका लागि आजको खेल जित्नैपर्ने दबाब छ

पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार