संघीय संसद अन्तर्गत आज ३ समितिको बैठक बस्दै

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

२ पुष, काठमाडौँ । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

आज अर्थ समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्न लागेको अर्थ समितिको बैठक संघीय संसद सचिवालय सिंहदरबारमा बस्नेछ । बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक माथि संशोधनकर्ता सँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बुझिएको छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारमा दिउँसो साढे १२ बजे बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरु सँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरुका सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार