हनि ट्रयाप प्रकरणः निलम्बित इन्स्पेक्टर बिनुकुमारी पाँच लाख धरौटीमा रिहा

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

८ पुष, काठमाडौँ । हनि ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बीनुकुमारी शाही पाँच लाख धरौटीमा छुटेकी छिन् ।

ललितपुर जिल्ला अदालतकी न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई सोमबार धरौटीमा छाड्‌न आदेश गरेको बताइएको छ ।

प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार बयानका निम्ति आफैं अदालतमा उपस्थित भएकी थिइन् । बयान नसकिएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो ।

सोमबार बयान सकिएपछि उनलाई धरौटीमा छाडिएको हो ।

इन्द्रकुमार राईको जाहेरीले भीमादेवी थापा सहित ६ जना विरुद्ध आपराधिक लाभको मुद्दा दायर भएको थियो । सोही मुद्दामा शाही फरार थिइन् ।

भैंसेपाटी प्रभागकी तत्कालिन प्रमुख शाहीमाथि प्रहरी हिरासतमा रहेका आरोपितलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर ३० लाख रुपैयाँ असुलेको आरोप छ । उक्त आरोपमा उनी सहित ६ जना विरुद्ध गत मंसिर ९ गते जिल्ला अदालत ललितपुरमा संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार