सेना, सशस्त्र तथा नेपाल प्रहरीको अस्पतालमा सर्वसाधारणलाई सेवा दिन कार्यदल गठन

Picture of कुस्मी सेरा खबर

कुस्मी सेरा खबर

९ पुष, काठमाडौँ । नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले सञ्चालन गरेको अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारी गर्न कार्यदल गठन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्‌या मन्त्री प्रदीप पौडेलले अतिरिक्त सचिव डा.टङ्क बराकोटीको नेतृत्वमा सेना तथा प्रहरीका अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने गरी व्यवस्था गर्न कार्यदल बनाएका छन ।

कार्यदललाई सर्वसाधारणलाई समेत सेवा दिनका लागि आवश्यक कार्यविधि तयार गर्न र कार्यान्वयनको सम्भावना बारे जानकारी सहितको प्रतिवेदन दिन भनिएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार