बागलुङबाट पर्वत पाङ जोड्ने झोलुङ्गे पुलबाट एक महिला नदीमा हाम फालिन
बागलुङ आज दिउँसो करिब १३:४० बजे बागलुङ नगरपालिका–१ रामरेखा स्थित बागलुङबाट पर्वत पाङ जोड्ने झोलुङ्गे पुलबाट एक अज्ञात महिला नदीमा हाम फालेकी थिइन्।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बागलुङको टोली खटिएर निरीक्षण गर्दा महिला नदीको बिचको बगरमा मृत फेला परेको छ। मृतक करिब १८–२० वर्षकी रहेको अनुमान गरिएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको जनायको छ।
