एमालेका उम्मेदवार हिरा बहादुर केसीले आफ्नो चुनावी प्रतिबद्धतामा बागलुङ नगरपालिका–१ बाङ्गेचौलाई रङ्गशाला बनाइने बताएका छन् ।
बागलुङ निर्वाचन क्षेत्र न. १का उम्मेदवार केसीले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै ‘बागलुङ नगरपालिका–१मा रहेको बाङ्गेचौर मैदानमा अत्याधुनिक तथा व्यवस्थित खेलकुद तथा रङ्गशालाको निर्माण गरिने’ उल्लेख गरेका छन् ।
मुख्य गरि ७ बुँदामा रहेको प्रतिबद्धता पत्रको ३मा युवाको श्रम र सीप स्वदेशमै प्रयोग हुने वातावरण निर्माण गरिने उल्लेख गरिएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा नव युवा पुस्ताले उठाएका मागहरुको मर्म र भावनालाई आत्मसाथ गर्दै उनीहरुसँग थप अन्तरक्रिया गरि माग सम्बोधन गरिने उल्लेख गरिएको छ ।
त्यस्तै बागलुङ नगर भित्र कबर्ड हल निर्माण गर्ने, युवाहरुलाई उद्यमशील बनाई स्थानीय तहमा उत्पादन, रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न युवाहरुको नेतृत्वमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।
माध्यामिक तहका विद्यालयहरुमा खेलकुदलाई अनिवार्य विषयको रुपमा पाठ्यक्रममा समेटी प्रत्येक माध्यामिक विद्यालयमा एउटा खेलकुद प्रशिक्षकको व्यवस्था गरिने उल्लेख गरिएको छ ।
बुँदा न. १को पूर्वाधार विकास अन्तरगत बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई जोड्ने गरि निर्माणाधीन चक्रपथलाई विशेष प्रथामिकतामा राखेर कालोपत्रे गरिने उल्लेख गरिएको छ ।
मध्यपहाडी लोकमार्गको स्तरोन्नति गर्न विशेष जोड दिइने उल्लेख गरिएको छ । त्यस्तै बागलुङ नगरपालिका भित्र १ हजार जनासम्म अटाउन सक्ने क्षमताको सुबिधासम्पन्न सिटी हल निर्माण गरिने उल्लेख गरिएको छ ।
शिक्षा, स्वास्थ्य तथा रोजगार तर्फ धवलागिरी बहुमुखी क्याम्पसलाई नयाँ र प्राबिधिक विषय पढाई हुने गरि विश्व विद्यालयमा परिणत गर्ने, सम्बन्धन प्राप्त अन्य क्याम्पसको स्तरोन्नति गर्ने र हरेक पालिकामा कम्तीमा एक–एक वटा
सुबिधासम्पन्न स्नातक तहसम्म अध्ययन गर्ने क्याम्पस स्थापना गर्ने उल्लेख गरिएको छ । धौलागिरिी प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरोन्नति गरिने उल्लेख गरिएको छ ।
पर्यटन तर्फ बागलुङ नगरपालिका वडा न. ५ मालिका लगायतका स्थानहरुमा मिनी जू निर्माण गरिने उलेख गरिएको छ । भकुण्डेलाई विशेष पर्यटकीय स्थलको रुपमा विकास गरिने उल्लेख गरिएको छ ।
कृषि तथा सहकारी तर्फ कृषिजन्य उत्पादनको वृद्धिकालाग
