पोखराको ड्यामसाइडमा सुटकेसभित्र युवतीको शव फेला
कुस्मि सेरा खबर , सभादाता
कुस्मि सेरा खबर
२०८२ फागुन १७ गते आइतबार ०२:२३
‘ड्यामसाइडको नयाँपुल मुनी खेलामा शंकास्पद खालको तन्नाले बेरेको सुटकेस फेला परेको खबरपछि युवतीको शव रहेको पायौं, डिएसपी भट्टराईले पब्लिक फोरकेसँग भने, ‘अहिले उक्त शवलाई पोष्टमार्तमका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (गण्डकी अस्पताल) लगिएको छ ।’
पोखरा । पोखरा महानगरपालिका ६ ड्यामसाइड नजिकै खोलामा सुटकेसभित्र एक युवतीको शव फेला परेको छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार अन्दाजी २०/२५ वर्ष जस्तो देखिने युवतीको आज बिहान शव फेला परेको हो ।
‘ड्यामसाइडको नयाँपुल मुनी खेलामा शंकास्पद खालको तन्नाले बेरेको सुटकेस फेला परेको खबरपछि युवतीको शव रहेको पायौं, डिएसपी भट्टराईले पब्लिक फोरकेसँग भने, ‘अहिले उक्त शवलाई पोष्टमार्तमका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (गण्डकी अस्पताल) लगिएको छ ।’
उनले उक्त शवको सनाखत नभएको बताउदै घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको बताए ।
खोलामा तन्नाले बेरिएको सुटकेस देखेपछि स्थानीयले वडा प्रहरीलाई कार्यालयलाई खबर गरेका थिए ।
प्रकाशित मिति २०८२ फागुन १७ गते आइतबार ०२:२३